काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२-७३ मा एउटा, २०७३-७४ मा एउटा र २०७४-७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।
त्यस अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुईवटा मर्नुको कारण खुल्न सकेको थिएन ।
पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहे पनि तिनको संख्या बढेको अनुमान गरिएको छ ।
बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।
विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।