बालिकाको हत्या प्रकरण : आफन्त शव बुझ्न सहमत, स्थानीयको अवरोध कायमै

 साउन १३, २०७५ आइतबार १४:१७:३४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी एक बालिकाका आफन्त शव बुझ्न सहमत भए पनि स्थानीयबासिन्दाले त्यसको विरोध गरेका छन् ।

उनीहरुले अफन्तले पैसा खाएर लास उठाउन खोजेको आरोप लगाउँदै शव उठाउन अवरोध गरेका हुन् । यसअघि, शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका थिए ।

तर, स्थानीय बासिन्दाले भने आइतबार पनि शव उठाउन नदिएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनमा उत्रिएका स्थानीयबासिन्दाले मृतकका आफन्तलाई शव नउठाउन चेतावनी दिएपछि घटनास्थल तनावग्रस्त बनेको हो । 

आन्दोलन गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दाले डीएन परीक्षण र मेडिकल रिपोर्ट माग गरेका छन् । दिउँसै बालिकाको बलात्कार भइ हत्या हुनु सामान्य घटना नभएको भन्दै यथाशीघ्र हत्यारा पत्ता नलाई कानुनी दायरामा नल्याएसम्म शव उठाउन नदिइने र प्रदर्शन तथा आन्दोलनका कार्यमक्र जारी रहने आन्दोलनमा सहभागी मधु भारतीले बताउनुभयो ।

आन्दोलन र प्रदर्शनका नाममा तीन दिनसम्म शवलाई अन्तेष्टि गर्न नदिएर लासमाथि राजनीति गर्न खोजिएको मृतकका मामा तीर्थ भण्डारीले गुनासो गर्नुभयो । 

प्रदर्शनकारीले त्रिपक्षीय सहमति भए पनि लिखित सहमति नभएको र डीएन परीक्षण तथा मेडिकल रिपोर्ट आफूहरुलाई पनि देखाउनुपर्ने माग पूरा नभएकाले आन्दोलनमा उत्रिएको बताएका छन् । 

मृतक बालिकाको शव गएको शुक्रबार बलात्कार गरी उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो । शवको शुक्रबार बेलुका पोष्टमार्टम गरिएको थियो । स्थानीयले बासिन्दाले बालिकाको बलात्कारपछिको हत्याको विरोध गर्दै विभिन्न मागसहित प्रदर्शन गरेपछि निर्मलाको शव अहिले महाकाली अञ्चल अस्पतालको शव गृहमा नै राखिएको छ । 

स्थितिलाई  नियन्त्रणमा लिन अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • शोवित क्षेत्री

    July 29, 2018, 9:20 p.m.

    यसरी दैनिक रूपमा बलात्कार का घटना सुन्दा सारै दु:ख लाग्छ,यो प्रमुख कारणनै कानुन कमजोर भएर हो,यदि बालबालिका माथि बलात्कार गर्ने लाई मृृत्यृृ दण्ड नै दिने कानुन बन्नुपर्छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया