कोरोनालाई जितेर घर फर्किए कैलालीका युवक

 बैशाख ९, २०७७ मंगलबार १९:२०:१२ | सीताराम ओझा
unn.prixa.net

धनगढी – सुदूरपश्चिमका पहिलो कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित ३४ वर्षीय युवक निको भएर घर फर्किनुभएको छ । २८ दिनको लामो उपचारपछि निको हुनुभएका उहाँलाई मङ्गलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । 

कैलालीकाे धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई अस्पतालले डिस्चार्ज गरेको हो । कोरोना सङक्रमणलाई जित्दै निको भएर घर फर्किन पाउँदा आफूमा खुसीको सीमा नै नरहेको बताउनुभयो । उहाँले आत्मबल बलियो बनाएर लडेमा कोरोनालाई जित्न सकिने भएकोले सबै सङ्क्रमितलाई दरो मुटुका साथ कोरोनाविरुद्ध लड्न आग्रह गर्नुभयो । 

दुबईबाट दिल्ली हुँदै गएको चैत ७ गते काठमाण्डौ आइपुग्नुभएका उहाँ ८ गते बुद्ध एअरको जहाजमा नेपालगञ्ज आउनुभएको थियो । त्यही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुग्नुभएका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना हुनुभएको थियो । 

तीन दिनपछि उहाँको स्वाबको नमुनाको रिपोर्ट पोजिभिट आएयता उहाँ सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहनु भएको थियो । त्यसपछि लगातार तीन वटा रिपोर्ट पोजिटिभ आएको उहाँको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताउनुभयो । 

शाही कोरोना सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेमा सुदूरपश्चिमका दोस्रो व्यक्ति हुनुहुन्छ । दुई दिनअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक १७ दिन लामो उपचारपछि निको भएर घर फर्किनुभएको थियो । अब सेती प्रादेशिक अस्पतालमा तीन जना सङ्क्रमितको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया