राष्ट्रपति, प्रधानमन्त्रीलगायतको फोटो बिगार्ने व्यक्ति पक्राउ

 वैशाख ९, २०७७ मंगलबार १९:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उच्च ओहोदाका विभिन्न व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेताहरुको फोटो बिगार्ने, अरुको शरीरमा उनीहरुको फोटो राख्ने, अश्लिल गाली गर्नेलगायतका काम गरेको भन्दै मकवानपुरका भिमफेँदी घर भएका गोपीबल लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले  जनाएको छ । 

उनलाई हेटौँडाबाट पक्राउ गरिएको र विद्युतीय कारोबर अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • आविष्कार गौतम

    April 21, 2020, 11:04 p.m.

    भ्रष्टाचारि लाई लुकाइन्छ सुन तस्करी लाई लुकाइन्छ अनि हाम्रो देशमा झिंगा मारेर बाघको सिकार गरेको फुर्ती लाउछन 😁😁 फोटो इडिटेर लाई सपोर्ट गर्न खोजेको सन्देश चाइ होइन !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया