कतारमा समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन, अनलाइनबाट विवरण भर्न सकिने

 वैशाख ११, २०७७ बिहीबार १९:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  कतारमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन हुने भएको छ ।

कोरोनाका कारण नेपालीलाई कुनै न कुनै हिसाबले समस्या परेको र त्यसको यथार्थ विवरण संकलन गरी समस्या समाधानमा सहजिकरण गर्न लागिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई परेको समस्यासहित आफ्नो विवरण अनलाइनमार्फत भर्न सकिन्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

फारममा स्पष्ट र यथार्थ विवरण उपलब्ध भर्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । विवरणहरु गोप्य रहने पनि दूतावासको भनाई छ ।

दूतावासका अनुसार, अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

 


अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Bikram khadka

    June 16, 2020, 12:43 p.m.

    टर्मिनेंट भएको हुँदा काम नभएकोले खानलाइ गाह्रो भएको अवस्था छ है /

  •  0 Reply
  • Chitra bahadur parajuli

    June 4, 2020, 2:56 p.m.

    नेपाल जान पाउँ / मोवाइल नम्वर 30253314

  •  0 Reply
  • Bijaya Darji

    April 26, 2020, 10:01 p.m.

    My company has alredy terminated me.im staying in my room for last 1 Mont.

  •  0 Reply
  • Bijay mahato koiri

    April 24, 2020, 9:13 p.m.

    Weldone

  •  0 Reply

तपाईको प्रतिक्रिया