जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
चितवन - ८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
यसै अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपनाउन अपिल गर्दै स्टिकर एवम् पम्प्लेट वितरण गरेका छन् ।
बाघ संरक्षण उपसमिति सौराहाको आह्वानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै संरक्षणकर्मीहरुले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० पुर्याउने सरकारको लक्ष्य पुरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बाघको संरक्षण गर्नुपर्ने आवश्यकता चित्रण गरिएको प्ले कार्डपनि प्रर्दशन गरिएको थियो ।
चितवनमा यस वर्ष मात्रै ६ वटा बाघ कालगतिमा मरेको उल्लेख गर्दै बाघको बासस्थान बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।
बाघको संख्या बढाउन आवश्यक बास स्थान र उचित आहारा व्यवस्थापनको काममा आफूहरु लागि परेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख एवम् सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनु भयो ।
नेपालमा हाल १ सय ९८ वटा बाघ रहेको सरकारी तथ्यांक छ । जसमध्ये १ सय २० वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ ।
यो निकुञ्जलाई बाघको सबैभन्दा उपयुक्त बासस्थानको रुपमा लिने गरिन्छ । विश्वमा करिव साढे ३ हजारको हाराहारीमा बाघ रहेको दावी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।