अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – ‘मिस क्वीन लमजुङ–२०१८’ को ताज मोनिका गुरुङले पहिरिएकी छिन् ।
आठजना प्रतिस्पर्धीलाई पछि पार्दै बेसीशहरकी गुरुङले लमजुङमा आयोजित मिस क्वीन लमजुङको ताज पहिरिएकी हुन् ।
तनहुँ इभेन्ट म्यानेजमेन्टद्धारा आयोजित प्रतियोगिताबाट ताजसँगै गुरुङले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनले प्रतियोगिताको ‘मोस्ट ब्यूटीफूल’ उपाधि जितेकी हुन् । प्रतियोगितामा बेसीशहरकी सारा लामा (तामाङ) फस्र्ट रनरअप र बेसीशहरकै मोनिका श्रेष्ठ सेकेन्ड रनर अप घोषित भएका छन् ।
लामाले मिस क्याटवाकको उपाधि पाएकी छिन् । श्रेष्ठले भने बेस्ट फिगरको उपाधि पाएकी छिन् । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको साथमा मेडल, ताज र प्रमाणपत्र पाएका छन् । यस्तै, उत्कृष्ट पाँचभित्रमा सुमिना श्रेष्ठ र सिमरन श्रेष्ठ परेका छन् ।
सिमरनले मिस पपुलर, बेस्ट स्माइलको उपाधिसँगै अर्गनाइजर च्वाइसको ताज पहिरिएकी छिन् । सुमिनाले मोस्ट डिसिपिलिनको ताज पहिरिएकी हुन् । प्रतियोगितामा ‘मोस्ट ट्यालेन्ट’ र ‘मोस्ट फ्रेण्डली’ सर्मिला परियार, ‘बेस्ट स्किन’ पुनम लामा, ‘बेस्ट स्माइल’, ‘मिस पपुलर’ सिमरन श्रेष्ठ, मिस फोटोजेनिक, मोस्ट फ्र्याङ्क सलिना पराजुली घोषित भएका छन् ।
करिव एक महिने लामो प्रशिक्षण पश्चात् प्रतियागिता शनिबार सम्पन्न भएको हो । तनहुुँमा तीन चरणसम्म आयोजना भएको प्रतियोगिताको कार्यक्षेत्रलाइ विस्तार गर्दै आयोजकले लमजुङमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो ।
आगामी वर्ष यसै कार्यक्रमलाई निरन्तरता दिँदै पछिल्लो चरणहरुमा प्रदेशस्तरिय प्रतियोगिता आयोजना गर्ने आयोजक संस्थाकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।