सुरक्षाकर्मीको आँखा छल्दै भारतको हरियाणाबाट ५ नेपाली कैलाली प्रवेश

 बैशाख १३, २०७७ शनिबार १२:१४:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनकाबीच भारतबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका छन् । 

नेपाल सरकारले भारतमा रहेका नेपालीहरुलाई समेत नेपाल प्रवेश गर्न रोक लगाएका कारण हजारौँ नेपाली सीमामा नै अलपत्र परेको अवस्थामा भारतको हरियाणाबाट ५ जना नेपाली भने सहजै भजनी नगरपालिका-५, गुलरिया घाट हुँदै नेपाल प्रवेश गरेको र उनीहरु सबै वडा नम्बर ५ कै बासिन्दा रहेको पाइएको छ । 

भारतसँग सीमा जोडिएको कैलालीको १०१ किलोमिटर पुरै सिल गरेको दावी गर्ने सशस्त्र प्रहरीलाई समेत छक्याउँदै उनीहरु शुक्रबर नेपाल प्रवेश गरेका हुन् ।

दुई पुरुष, दुई महिला र एक बच्चासहित नेपाल प्रवेश गरेका उनीहरुले स्थानीय जनप्रतिनिधिलाई समेत ढाँटे ।

आफूहरु नेपालबाट आएको भनेपछि वडा नम्बर ५ का अध्यक्ष केशव बुढाले उनीहरुलाई क्वरेण्टीनमा पठाएको बताउनुभयो । हाल उनीहरु पाँचै जनालाई भजनी नगरपालिका-३ मा रहेको महुन्याल माविमा निर्मित क्वरेण्टीनमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया