काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
त्रिकोणात्मक सिरिज अन्तगर्त मेरिलेबोन क्रिकेट क्लव एमसीसीले नेपाललाई ४१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको छ ।
वर्षातका कारण ६ ओभरमा खेल झारिएको खेलमा एमसीसीका लागि कप्तान माहिला जयबर्दनेले नटआउट २४ रन बनाए ।
नेपालका सोमपाल कामीले २ विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । यसैगरी पहिलो विकेट रन आउट भएको थियो ।
जोनाथन ट्रट ज्ञानेन्द्र मल्लबाट रन आउट भएका हुन् । यसैगरी सोमपालले जेम्स फोस्टरलाई सुवास खकुरेलको हातबाट क्याच आउट गराउँदा शक्तिले पिटर मुरलाई सोमपालको हातबाट आउट गराएका थिए ।
अन्तिम ओभर बलिङ गर्न आएका सोमपालले म्याट कोल्सलाई आउट गराए ।
आजको खेलमा सन्दीप लामिछाने भने महँगो सावित भए । १ ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिए ।
४१ रनको लक्ष्य लिएर नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।