वीरेन्द्रनगर नगरपालिकाले दुई करोडको राहत बाँड्यो

 वैशाख १४, २०७७ आइतबार ७:४१:२१ | रासस
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै दुई करोड रुपैयाँको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै एक करोड ९६ लाख ६३ हजार ६ सय २३ रुपैयाँको राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।

कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६ सय ९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिनुभयो । 
नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३० लाख रुपैयाँ, अन्य व्यक्ति तथा संस्थाबाट ६ लाख ८३ हजार दुई सय १५ गरी ३६ लाख ८३ हजार दुई सय १५ रुपैयाँ बचत भएको जनाएको छ ।
कार्यपालिका बैठकले लकडाउन सुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माण कार्यलाई भौतिक दुरी कायम गरी रोगको सङ्क्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन एक सय ६० जनाको द्रूत निदानात्मक परीक्षण ९आरडीटी० गरिएको जनाएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया