नारायणी अस्पतालमा काेराेनाकाे उपचार गराइरहेका ४ जनालाई आजै डिस्चार्ज गर्ने तयारी

 बैशाख १४, २०७७ आइतबार ११:२१:२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा काेराेनाकाे उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

रौतहटका एक युवक र तीन जना भारतीय नागरिक गरी चार जना कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट निको भएपछि उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ । 

उनीहरुको तीन पटकसम्मको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आज डिस्चार्ज गर्न लागिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

तीन जना जना भारतीय नागरिकमा गएको चैत ३० गते तथा रौतहटका एक जनामा वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो । 

अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा शनिबारसम्ममा १२ जना निको भइसकेका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

 यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: बैशाख १, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया