पाँच वर्षीया बालिका बलात्कार गर्न खोजेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

 साउन १४, २०७५ सोमबार ६:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिकामा पाँच वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पञ्चपुरी नगरपालिकाकै ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले आइतबार सापकोटालाई पक्राउ गरेको जानकारी दिनुभयो । 

सापकोटाले रारी रोपाई सकेर बालिकाको परिवार छिमेकीकोमा खाना खान गएको बेलामा बालिकालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको दिदी नाता पर्नेले बालिकालाई बलात्कारको प्रयास गर्न लागेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया