फिन टिचले अब स्कूल–स्कूलमा वित्तीय सारक्षरता कक्षा चलाउने

 साउन १४, २०७५ सोमबार ११:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देशमा वित्तिय साक्षरता बढाउन अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता अधिकारीले जानकारी दिनुभयो ।

सन् २०१४ मा स्थापना भएको अन्ट्रप्रनर्स नेपालले सुरुमा देशमा उद्यमशिलता विकाससम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तीय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष निष्किएपछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

‘हामीले सुरुवाती चरणमा देशमा उद्यमशिलता विकासको लागि गाउँगाउँमा गएर कार्यक्रम संचालन गर्यौँ,’ उनले भन्नुभयो, ‘तर, उद्यमशिलतामा लागेका धेरैजसो नेपालीहरु वित्तीय साक्षरता आभावकै कारण आफ्नो व्यवसायबाट पलायन हुनु परेको निष्कर्ष आएपछि उद्यमशिलताको विकाससँगै वित्तिय साक्षरतालाई पनि सँगै लैजान ‘फिन–टिच’ कार्यान्यनमा ल्याउन लागेका हौं ।’

अन्ट्रप्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तीय साक्षर बनौं’ भन्ने नाराका साथ २ वर्षको कार्यक्रम सार्वजनिक गर्ने भएको छ । झण्डै १५ करोड रुपैयाँको बजेटसहित सार्वजनिक गर्न लागिएको कार्यक्रमले स्कूल, कलेजदेखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन सघाउ पु¥याउने छ ।

विशेषगरी फिन–टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाइन गरेको छ । जसले देशभरका स्कुलमा गएर १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाईन गरिएको अधिकारीले बताउनुभयो । दुई वर्षको अवधिमा विभिन्न कार्यक्रमहरु डिजाइन गर्दै परीक्षण गर्दै कमिक सुधार गर्दै धेरै मेहनत र प्राविधिक पक्षहरुमा ध्यान दिएर बनाइएको ‘फिन–टिच’ वित्तिय सारक्षरतको  क्षेत्रमा कोशेढुङ्गा सावित हुने बंैकर मनोज ज्ञावली बताउनुहन्छ ।

विशेषगरी एउटा परिवारको विद्यार्थीलाई स्कूल तहदेखि नै पैसा कसरी बचत गर्ने र त्यस्ता पैसा कुन ठाउँमा लागनी गर्ने भन्ने विषयमा जानकारी दिँदा त्यसको प्रभाव पुरै परिवारलाई वित्तिय रुपमा साक्षर पार्न सकिने सोही अनुरुप पाठ्यक्रम तयार पारेर पढाउन लागिएको ज्ञवालीले जानकारी दिनुभयो ।

अन्ट्रप्रनर्स नेपालले सवै क्षेत्रका विज्ञ राखेर अनुसन्धान गरी पाठ्यक्रम तयार गरेको थियो । यसबारे अनुसन्धान गर्ने विज्ञ समुहमा बैंकिङ, बीमा, युवा उद्यमी, तथा आर्थशास्त्रीहरुको समूह गरेको छ । उक्त संस्थाको सल्लाहाकार समितिमा त्रिभुवन विश्वविद्यायलय प्रोफेसर राधेश्याम प्रधान, युवा बैंकर मनोज ज्ञवाली, बीमा विज्ञ डा. रविन्द्र घिमिरे, इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष राजकुमार तिमिलसिना र युवा उद्यमी तथा फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल रहेका छन् ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया