कैलाली : मध्यरातमा बसभित्र युवकसँग भेटिएका दुई युवतीलाई क्वरेण्टीनमा राखियो

 बैशाख २०, २०७७ शनिबार १२:२२:४२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - तीन दिनअघि धनगढीमा पार्किङ गरिएको बसमा मध्यरातमा भेटिएका चार जना युवायुवती मध्ये दुई युवतीलाई क्वरेण्टीनमा राखिएको छ । 

उनीहरुका आफन्तले घर लैजान नमानेपछि क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उनीहरुलाई धनगढीमा रहेको रंगशालाको क्वरेण्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । 

काठमाण्डौबाट आएका उनीहरु दुवै जना डडेल्धुराका हुन । दुवै युवतीसँग बसभित्रै भेटिएका धनगढीकै २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीलाई भने परिवारको जिम्मा लगाइएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा रहेको ६ लेन सडकदेखि शिवपुरी धाम जोड्ने सडकमा पार्किङ गरिएको बसमा भेटिएका दुई जना युवा र दुई युवतीलाई प्रहरीले तीन दिनअघि राति नै पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुई युवामध्ये एक जना त्यसै बसका सह–चालक हुन भने अर्का उनका साथी हुन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया