१९ लाख सकियो, विद्यालयको जग पनि खनिएन

 साउन १४, २०७५ सोमबार १२:५१:० | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिका –१ मा रकेको कालिका माध्यामिक विद्यालयको भवन निर्माणका लागि आएको बजेट दुरुपयोग भएको पाइएको छ ।   

विद्यालयको दुई तले भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले छुट्याएको १९ लाख रुपैयाँ सकिएको छ तर विद्यालय भवनको जग पनि खनिएको छैन । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षाका प्राविधिक र वडा अध्यक्षको मिलोमोतोमा अनियमितता भएको स्थानीयले आरोप लागाएका छन् ।

दोस्रो तला निर्माणका लागि अर्को १९ लाख रकम गाउँपालिकामा आएपछि गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पहिलो तला अनुगमनको लागि कालिका माविमा पुग्नुभएको थियो । तर विद्यालय भवनको जगसमेत खनिएको छैन । 

विद्यालय भवन अनुगमनका लागि गएका गाउँपालिका अध्यक्षले भवन निर्माणका लागि जग समेत नखनेको भेटेपछि अनियमितता गर्नेलाई तत्काल छानविन गरी कारवाही गरिने बताउनुभयो । 

अहिलेसम्म १९ लाख बजेट सकिइसकेको छ तर काम ढुंगा र बालुवा जम्मा गर्ने मात्र भएको छ ।

विद्यालयको खातामार्फत चैतमा ९ लाख रुपैयाँ र असाढ मसान्तमा ९ लाख रुपैयाँ सामान खरिदका लागि आएको र सामान खरिद प्रक्रियामा रहेको विद्यालयका प्रधानाध्यापक पदमबुचा मगरले जानकारी दिनुभयो । 

विद्यालयमा निर्माण भएका अन्य भवन पनि बस्नका लागि योग्य छैनन् । भवन ३ वटा छन् तर प्रयोगमा आउन सकेका छैनन् । कमजोर बनावट भएकाले यी भवन पनि जोखिमपूर्ण रहेको छ । विद्यालय व्यवस्थापन समितिले भने समिति भित्रै एकअर्काले काम गर्न नदिएको भन्दै आरोप लगाउँदै आइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया