सोमबारदेखि मलेसियामा लकडाउन खुकुलो हुने

 बैशाख २०, २०७७ शनिबार १५:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा ४ मे अर्थात पर्सि सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ ।

पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ । व्यवसायहरु बिस्तारै खुलाउने तयारी छ । मलेसियाले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि १२ मेसम्म लकडाउनको घोषणा गरिएको छ ।

मलेसियामा कोरोना सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या पनि धेरै छ । ७० प्रतिशत भन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् । मलेसियामा अहिलेसम्म ६ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ ।

जसमध्ये ४३ सय २६ जना निको भएका छन् भन् १७ सय ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक सय तीन जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिलेसम्म तीन जना नेपालीलाई मात्र कोरोना सङ्क्रमण भएको र जसमध्ये दुई जना निको भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको दूतावासको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया