‘खेलाडी किन्न म्यानचेस्टर युनाइटेडसँग पैसा छैन’

 साउन १४, २०७५ सोमबार १३:२२:११ | एजेन्सी
unn.prixa.net

खेलाडी ट्रान्सफरको नीतिमा केही मतभेद देखिएपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड उडवार्ड र प्रशिक्षक हाजे मोरिन्होबीचको सम्बन्धमा चिसोपना देखा परेको छ ।

मोरिन्होले प्रि–सिजनमा खेलाडी अनुबन्धमा ७० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेका छन् । टिम बलियो बनाउनका लागि उनी अझ केही उत्कृष्ट खेलाडी अनुबन्ध गर्न चाहन्छन् । तर क्लबका उपाध्यक्ष उडवार्ड भने थप खेलाडी किन्ने हो भने क्लबमा भएका केही खेलाडी बेच्नु पर्ने अडानमा छन् । यही मतभेदका कारण व्यवस्थापक र प्रशिक्षकबीचको सम्बन्ध सबैभन्दा खराब स्थितिमा पुगेको वेलायती संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मोरिन्होले प्रि–सिजनमा ब्राजिलका मिडफिल्डर फ्रेड, पोर्चुगलका डिफेन्डर डिएगो डालट र रिजर्भ गोलरक्षक लि ग्रान्ट अनुबन्ध गरिसकेका छन् । तर पनि मोरिन्हो केही खेलाडी थप्न चाहन्छन् ।

विश्वकपको बिदाबाट पाउल पोग्बा, रोमेलु लुकाकु, एस्ले योङ र जेस्से लिंगार्ड फर्किएपछि टिम अझ बलियो हुने भन्दै उपाध्यक्ष उडवार्ड थप खेलाडी अनुबन्ध नगर्ने पक्षमा छन् । उनले खेलाडी किन्नका लागि व्यवस्थापनबाट थप रकम उपलब्ध नगराउने स्पष्ट पारिसकेका छन् ।

यो अवस्थामा थप खेलाडी अनुबन्ध गर्नका लागि मोरिन्होले केही खेलाडी बेच्नु पर्नेछ । अहिले युनाइटेड प्रि–सिजन भ्रमणमा अमेरिकामा छ । प्रि–सिजनको प्रतियोगितामा लिभरपुलसँग ४–१ ले पराजित भएपछिको पत्रकार सम्मेलनमा उनलाई खेलाडी अनुबन्धका बारेमा सोधिएको थियो । मोरिन्हो लेस्टर सिटीका ह्यारी मग्वायर र बार्सिलोनाका येरी मिना अनुबन्ध गर्न चाहन्छन् । यस सम्बन्धमा मोरिन्होले भने, ‘दुई खेलाडी अनुबन्ध गर्न चाहन्छु । तर, दुई मध्ये एक जनामात्र सम्भव होला जस्तो छ ।’

‘केही महिनाअघि व्यवस्थापनमा पाँच खेलाडीको सूची पठाएको थिएँ । बाँकी दुईलाई अनुबन्ध गर्न सके राम्रो हुनेछ । नत्र हामी जति छौं, त्यतिमा विश्वास राख्दै खेल्ने हो ।’ मोरिन्होले थपे ।

अघिल्लो दुई सिजनमा उडवार्डले मोरिन्होलाई खेलाडी अनुबन्धमा स्वतन्त्रता दिएका थिए । तर दुवै सिजन युनाइटेडले ठूलो सफलता हात पार्न सकेन ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया