हुरीले उडाएको जस्ताले लागेर सर्लाहीमा एक जनाको ज्यान गयो

 बैशाख २२, २०७७ सोमबार १७:५२:९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको कविलाछीमा हावाहुरीले उडाएको जस्तापाताले लागेर एक जनाको ज्यान गएको छ ।

कविलाछी नगरपालिका-३, विनग्राका १९ वर्षका राजेश रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ । सोमबार दिउँसो आएको हावाहुरीको थप क्षतिबारे विवरण संकलनको काम भैरहेको पनि प्रहरीले जनाएको छ ।

अहिले प्रि-मनसुनको समय भएकाले हुरी चल्ने हुँदा सावधानी अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । त्यस्तै हरिवन नगरपालिका १ का ४० वर्षका नारायणकुमार श्रेष्ठको रुख काट्दै गर्दा हाँगाले थिचेर ज्यान गएको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया