सिहंदरबारभित्र बालश्रम प्रयोगमा रोक लाग्यो

 साउन १४, २०७५ सोमबार १६:५६:५० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताउनु भएको हो । उहाँले सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोगमा प्रतिबन्ध गराउन कडा निर्देशन दिनु परेको पनि स्पष्ट पार्नुभयो । मन्त्री विष्टले सिंहदरबारभित्र बालश्रम भएको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो । 

सरकारले विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ । मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने घोषणा पनि गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जोखिमयुक्त बालश्रमको अन्त्य २०७९ भित्र गरिसक्न सरकारले देशभर अनुगमनको कामलाई तीव्रता दिने योजना पनि अघि सार्नुभयो ।

कार्यक्रममा इँटा व्यवसायीहरुले आजैबाट लागू हुनेगरी आफ्नो उद्योगमा बालश्रम प्रयोग नगर्ने घोषणा गरेका थिए । २०८२ साल भित्र मुलुकबाट बालश्रम निवारण गर्ने सरकारको घोषणालाई साथ दिन आफूहरुले पनि बालश्रम प्रयोग नगर्ने घोषणा गरेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिनुभयो । उहाँले मुलुकलाई बालश्रमरहित बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले बालश्रम प्रयोग नगर्ने इँटा व्यवसायीहरुको प्रतिवद्धताको स्वागत गर्दै सबै उद्योगीहरुले बालश्रम प्रयोगमा रोक लगाउन ढिलाई गर्न नहुने बताउनु भयो । नेपालमा अहिले चmण्डै एक हजार एक सय इँटा उद्योगहरु रहेको पाइएको छ । काठमाडाैं उपत्यकामा मात्रै १ सय १० वटा इँटा उद्योग रहेको दावी गर्दै इट्टा उद्योगीहरुले अव त्यसमा बालश्रम प्रयोग नगर्न सामूहिक अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाएका छन ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया