आसामी उठाउन हिँडेका मालारानीका व्यापारी मृत फेला

 साउन १४, २०७५ सोमबार १७:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको  मालारानी गाउँपालिकामा स्थानीय एक व्यापारी  शंकास्पद अवस्थामा  मृत फेला परेका छन् ।

मालारानी गाउँपालिका ३ गोहेंली बस्ने ४४ वर्षिय भोजबहादुर चौहान मृत अवस्थामा फेला परेका हुन् । शुक्रबारदेखि घरबाट असामी उठाउन हिँडेका चौहान  घरभन्दा करिब १ किलोमिटर तल पैयापाटा डिलबहादुर खनालको घरको दलानमा घाँटीमा डोरीको निशानी भएको अवस्थामा फेला परेका थिए ।

शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेपछि घटनामा संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धानको लागि ५ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

मालारानी–४, को देउरालीमा पसल गरी त्यहीँ बस्दै आएका चौहानले डिलबहादुर खनालकै मोबाइल नम्बरबाट आफ्नै छोरा र सालालाई ‘म घेराबन्दीमा परेँ’ भन्दै १० बजेतिर फोन सम्पर्क समेत गरेको निजको १७ वर्षीय छोरा मिलन चौहानले बताउनुभयो । 

घटनामा जानाकारी पाउन साथ खन इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घटनास्थलको प्रकृती मुजुल्का र पोस्टमार्टमपछि  शव आफन्तलाई बुझाइएको छ । 

घटनाको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानाकारी दिनुभयो । मृतक चौहानका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया