उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोभिड १९ परीक्षण तीव्र : मन्त्रालय

 बैशाख २५, २०७७ बिहिबार १६:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले हटस्पटको रुपमा रहेका जिल्लामा कोरोना परीक्षणलाई थप तीव्रता दिएको जनाएको छ ।

उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया