कोरोनाका कारण उत्पन्न समस्यालाई अवसरको रुपमा लिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

 वैशाख २५, २०७७ बिहीबार २०:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड-१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ।

कोभिड-१९ बाट आएको यो संकटलाई पूर्ननिर्माण र नव निर्माणको अवसरका रुपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने भट्टराईले बताउनुभयो । 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले निजी क्षेत्र र सरकारको सामूहिक सहकार्यबाट नै समस्याको समाधान सम्भव रहेको बताउनुभयो । 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बढी जोखिममा रहेका र कम जोखिममा रहेका व्यवसायीहरुको सूची बनाएर समितिमा दिन आग्रह गर्नुभयो । निष्पक्ष ढंगले जोखिमका क्षेत्रहरु सूचीकरण भए सरकारलाई त्यही आधारमा प्राथमिकता बनाएर राहत दिन आग्रह गर्न सकिने उहाँले बताउनुभयो ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विदेशबाट लाखौं नेपाली स्वदेश फर्किदा बेरोजगारी बढ्ने र रेमिट्यान्स घट्ने भएकाले स्वदेशमै आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा सोच्ने बेला भएको बताउनुभयो ।

बैठकमा उद्योगी व्यवसायीहरुले सबैभन्दा बढी समस्या पर्यटन क्षेत्रमा परेको बताएका छन् । यस्तै अन्य उत्पादनमूलक उद्योगहरु पनि सञ्चालन हुन नसक्दा समस्या भएको उनीहरुले बताए ।

सरकारले छिट्टै राहतको प्याकेज नदिए उद्योग पुन: सञ्चालन गर्ने अवस्था नहुने र लाखौंको संख्यामा रहेका श्रमिकहरु बेरोजगार बन्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।  

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया