मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
फागुन १०, २०८१ शनिबार
काठमण्डौ – नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ वटा सिट भएका विद्युतीय गाडी भित्रिएका छन् ।
नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रूपमा आरजेडएम ब्रान्डका यी विद्युतीय गाडी नेपाल भित्र्याएका हुन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेसनल मोटर्सका प्रबन्ध निर्देशक सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका प्रबन्ध निर्देशक दिनेशकुमार राठी र शाङच आरजेडएम अटोका अन्तर्राष्ट्रिय महाप्रबन्धक केन सुनले सहकार्यको घोषणा गर्नुभयो ।
कार्यक्रममा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र गाडीका विशेषताबारे चर्चा गर्नुभएको थियो । नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज विक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा अहिलेको अवस्थाबारे बोल्दै नयाँ आरजेडएम ब्रान्ड थप गरिएकोबारे चर्चा गर्नुभयो । कार्यक्रममा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।
ई–फाइभ सिरिजको १५ सिटे विद्युतीय गाडीमा ५३ दमलव ५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ जसले सिङ्गल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा दुई सय ५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले तीन सय किलोमिटरभन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्ल्यूएलटीपी अनुसार यसको रेन्ज तीन सय किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स दुई सय एमएम छ । यसको पिकपावर एक सय किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने तीन सय एनएमको टर्क छ ।
त्यसैगरी १६ सिटे आर–फाइभ मोडलमा अझै फराकिलो बडीसहितको संरचना छ । यसमा ७७ दशमलव २८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ जसले सिङ्गल चार्जमा तीन सय ६६ किलोमिटर (डब्ल्यूएलटीपी) रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा एक सय २० किलोवाटको पिकपावर दिने मोटर भएकाले उकालो र ओरालोमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क तीन सय ५० एनएम छ ।
नयाँ प्रविधिअनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । काठमाण्डाैबाट पोखरासम्म गरिएको परीक्षणमा यसले पूरा चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । एक सय ८० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्स सहितका विशेषता भएको यो विद्युतीय गाडी आरामदायी समेत भएकाले लामो यात्राका लागि उपयोगी रहको कम्पनीले जनाएको छ । ई–फाइभको बजार मूल्य ५४ लाख २५ हजार रुपैयाँ र आर–फाइभको बजार मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।