कार्यक्षेत्रमा ज्यान गुमाएका सैनिक परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक

 साउन १४, २०७५ सोमबार १८:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कार्य क्षेत्रमा खटिँदा ज्यान गुमाएका सैनिकका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा ज्यान गुमाएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराउनु भएको हो ।

सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै पोखरेलले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको स्पष्ट पार्नुभयो । गएको असार २० गते बसेको मन्त्रीपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतहः बढुवा गर्ने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी सैनिक जंगी कारबाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परि अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ । उप–प्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताउनुभयो ।

कर्तव्य पालनाको शिलशिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा निजको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ । त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया