सडक विस्तार पीडितले आन्दोलनको कार्यक्रम घोषणा गरे

 साउन १४, २०७५ सोमबार १९:३१:७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारसँग उचित क्षतिपूर्तिको माग गर्दै आएको काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुलाई उचित क्षतिपूर्ति दिन सरकारलाई दबाब दिने उद्देश्यले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार यही श्रावण २८ गतेसम्म शहरी विकास मन्त्रालय, प्रदेश ३ को सरकार र सडक विस्तारसँग सम्बन्धित सबै सरकारी निकायलाई आफूहरुको माग सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने तयरी गरिएको छ ।

उपत्यकाका विभिन्न स्थानमा क्षतिपूर्तिको व्यवस्था गरेर मात्रै सडक विस्तारको काम अघि बढाउन खबरदारी गर्नेलगायतका आन्दोलनको कार्यक्रम पनि राखिएको छ । संघर्ष समितिका अध्यक्ष सुमन सायमीले राज्यले सडक विस्तारको नाममा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक महत्वका सम्पदाहरुको क्षति र नष्ट गरेको बारे जानकारी गराउँदै त्यसको संरक्षणका लागि विश्व हिन्दु महासंघ लगायतका धार्मिक संघ, संस्थाहरुलाई पनि आग्रह गर्न लागिएको जानकारी दिनुभयो । 

समितिले पहिलो चरणको आन्दोलनबाट आफूहरुको माग सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

सरकारले उचित क्षतिपूर्तिको व्यवस्था नगरी काठमाडौं उपत्यका भित्र सडक विस्तारको कामलाई अघि बढाएपछि पीडितहरुले विरोधमा धर्ना, ¥यालीलगायतका कार्यक्रम संचालन गर्दै आएका थिए ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया