ज्लाटन इब्राहिमोभिचको ह्याट्रिकमा एलए ग्यालेक्सीको उत्कृष्ट पुनरागमन

 साउन १४, २०७५ सोमबार १९:३३:७ | एजेन्सी
unn.prixa.net

स्वीडेनका स्टार ज्लाटन इब्राहिमोभिचले एमएलएसमा पहिलो ह्याट्रिक गर्दा एलए ग्यालेक्सीले ओर्लान्डो सिटीमाथि ४–३ को जित निकालेको छ ।

क्यालिफोर्नियामा सोमबार भएको खेलमा ज्लाटनले मेजर लिग सकर लिगमा पहिलो ह्याट्रिक गरेपछि दुई पटक पछि परेको अवस्थामा एलए ग्यालेक्सी विजयी भएको थियो । इब्राहिमोभिचले तीनवटै गोल दोस्रो हाफमा गरेका थिए ।

१८औं मिनेटमा क्रिष्टियन हिग्वेटले गोल गर्दै ओर्लान्डो सिटीलाई अग्रता दिलाएका थिए । तर ३९औं मिनेटमा जियोभानी डोस सान्टोसले एलए ग्यालेक्सीका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ४४औं मिनेटमा मिकेल सियानीले आत्मघाती गोल गरेपछि ओर्लान्डो सिटीले पुनः अग्रता लियो ।

पहिलो हाफमा २–१ ले पछि परेको अवस्थामा ज्लाटनले ४७औं मिनेटमा पहिलो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पु्‍र्‍याए । ५४औं मिनेटमा डम डायरले गोल गरेपछि फेरि ओर्लान्डो सिटीले अग्रता लिएको थियो ।

६७औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–३ गोलको बराबरीमा पुर्‍याए । ७१औं मिनेटमा ज्लाटनले ह्याट्रिक गर्दै एलए ग्यालेक्सीलाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा एलए ग्यालेक्सी विजयी भयो ।

एमएलएसमा ३५ अंकसहित एलए ग्यालेक्सी तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया