उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १ सय १० पुगे

 बैशाख २८, २०७७ आइतबार १०:१८:५५ | रासस
unn.prixa.net

उदयपुर - उदयपुरमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय १० पुगेको छ ।

विराटनगरको कोशी अस्पतालका अनुसार १ जना महिलामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यसअघि शुक्रबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो ।

एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो । शुक्रबार नै  कपिलवस्तुका तीन र पर्साका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया