मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा

 साउन १४, २०७५ मंगलबार ५:३७:४४ | रासस

काठमाडौं - आउँदो भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । 

महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता, २०७४, मुलुकी अपराध संहिता ऐन, २०७४, मुलुकी देवानी कार्यविधि संहित० ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ लागू गर्ने तयारी पूरा भएको जानकारी दिएको हो । 

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलका बीचमा आज भएको छलफलमा सो ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको हो । 

महान्यायाधिवक्ता अग्नि खरेलले सातै प्रदेशमा आवश्यक तालीम पूरा भएको, कानून कार्यान्वयन गर्ने निकायहरुबीच पनि तालीम र तयारी भएको जानकारी दिनुभयो । 

निकै छलफल गरेर कानून बनाइएको र पारिवारि, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएको कानून मुलुकी ऐन नै हो । विसं १९१० मा बनेको र २०२० सालमा संशोधन भएर ५५ वर्षसम्म लगातार जनताको मूल कानूनका रुपमा मुलुकी ऐनले काम गर्दै आएको छ । 

महान्यायाधिवक्ता खरेलका अनुसार लागू गर्नुभन्दा अगाडि नै करिब ५० वटा जति कानूनी व्यवस्था तत्काल संशोधन गर्नुपर्ने जरुरी छ । भदौ एक गतेदेखि लागू हुने ऐनमा ७५ प्रतिशत कैदी म्याद भूक्तान गर्नुपर्ने व्यवस्था छ । त्यसलाई ५० प्रतिशत भूक्तान गर्नुपर्ने व्यवस्था गर्नुपर्नेलगायतका संशोधन गर्नुपर्नेछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया