वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी

 बैशाख ३०, २०७७ मंगलबार १९:३९:४४ | केसी लामिछाने
unn.prixa.net

पर्सा – कोरोना भाइरसको जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बेलुका ८ बजेदेखि निषेधाज्ञा लागू हुने छ । यस्तै पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । चार जना पत्रकारको स्वाब परीक्षण गरिएकाेमा दुई जनालाई सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि चारै जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको भनिए पनि सङ्क्रमित अरु व्यक्तिसँग नाम मिल्न गएकाले 'भुलवश चारै जना भनिएको 'पनि उहाँले जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया