मध्यरातमा नेपालको सीमामा ल्याइपुर्‍याएका कर्णालीवासीको गुनासो- अब कता जाउँ ?

 जेठ २, २०७७ शुक्रबार ११:१७:३१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - नेपालगञ्जको सीमावर्ती भारतीय क्षेत्रमा केही कर्णालीवासी ४५ दिनदेखि अलपत्र परेका छन् ।

भारतमा रोजगारीमा सिलसिलामा गएका उनीहरुले फिर्ता हुन नपाइ भारतमा हेपिएर दिन गुजार्नुपरेकाे र भारतीय प्रहरीले फेरि नफर्कनु भन्दै नेपालगञ्जको सीमामा ल्याइपुर्‍याएकाे उनीहरुकाे गुनासाे छ । 

एक महिनाअघि नेपालगंजको सिमा रुपैडिहामा आएका थियाँै । फेरि कहिले बहराइच त कहिले नानपारातिर लखेटिँदै दिन काट्याँै, उनीहरुले भने, त्यहाँ क्वरेण्टीनमा बस्यौँ, अब भने भारतले नेपालको सीमामा पुरयाएर भारत नफर्किनु भनेको छ, के गरौँ 

सरकारले नेपालमै व्यवस्थापन गरिदिएको भए राम्रो हुने जुम्लाको हिमा गाउँपालिका १ का एक पीडितको विचार छ । उहाँका अनुसार मध्यरातमा कर्णालीवासीसहित चार सय नेपाली सीमानाकामा आएका र चाउचाउको भरमा बसेका छन् ।

 

त्यसै गाउँका अर्का पीडितका अनुसार ३५ जना जुम्लाका र कर्णालीको खरु जिल्लाका तीन सयभन्दा बढी नागरिकहरु अहिले नेपालगञ्जको सीमामा अलपत्र परेका छन् । 

व्यवस्थापन तयारी गर्दै कर्णाली सरकार

सीमानाकामा नेपालीहरु अत्याधिक आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कर्णाली प्रदेश सरकारले तयारी थालेको छ । 
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका सोकिय सचिव अनिल अधिकारीले तथ्यांक साफी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

यसैगरी भारतमा रेल चलेपछि तथा अत्यधिक नेपाली भित्रिने भएपछि व्यवस्थापन गर्ने विषयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र सरोकारवालहरुको बैठक बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया