कोरोना सङ्क्रमित : चीनमा भन्दा भारतमा धेरै

 जेठ ३, २०७७ शनिबार ७:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।

पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा आज एकै दिन ३ हजार भन्दा धेरै जनालाई सङ्क्रमण भएको पाइएको छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार  ९ सय ३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया