पालिका नै जमानी बसेर ऋण दिन सुरु

 जेठ ३, २०७७ शनिबार १४:४४:४९ | रासस
unn.prixa.net

स्याङजा – स्याङजाको वालिङ नगरपालिकामा पालिका नै जमानी बसेर ऋण दिन सुरु भएको छ । नगरपालिकाले लकडाउन तथा महामारीको असर र अन्य विपद्का कारणले पेसा, व्यवसायबाट नै विस्थापित हुन नदिन बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियान थालेको हो ।

कृषि तथा पशुपालन व्यवसायी आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिन जमानी बसेर ऋण उपलब्ध गराउन थालिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । व्यवसायीलाई आर्थिक अभाव भए नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्ने र सिफारिसका आधारमा निश्चित समयका लागि ऋण उपलब्ध गराउनेछ ।

नगरपालिकाको सिफारिसमा ६ महिनाका लागि विना धितो १० लाख रुपैयाँ ऋण प्राप्त गरेको वालिङ ९ को इन्द्रेणी बङ्गुरपालन फर्मका सञ्चालक भीम लुइँटेलले बताउनुभयो ।

नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि ६ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक एक र फलफुल खेतीका लागि दुई वर्षको अवधि रहने गरी विना ब्याज बीउ पुँजीसमेत उपलब्ध गराउने गरेको नगरप्रमुख खाँणले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया