रसुवामा कण्टेनर दुर्घटना : तीन जनाको ज्यान गयो

 साउन १५, २०७५ मंगलबार १५:५६:१३ | रासस
unn.prixa.net

रसुवा – धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर मंगलबार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया