जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम-कानुनभित्र बस्नुपर्ने बताउनुभएको छ ।
महालेखा परीक्षकको २०७४-०७५ लेखा परीक्षणसम्बन्धी बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताउनुभएको छ ।
‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्रीओलीले भन्नुभयो ‘जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताउनुभएको छ ।
बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन,’प्रधानमन्त्रीओलीले भन्नुभयो ‘तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यहीँ बिराम लगाउनु पर्दछ ।’
बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४-०७५मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।