जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
भक्तपुर – भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाट, कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर मंगलबार दिउँसो ६ लाख लुटेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने ५४ वर्षीय परशुराम बजगाईले घरबाट ल्याएको चार लाख रुपैयाँ र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको दुई लाख गरि ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।
दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा मास्क लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताउनुभयो ।
निर्माण व्यवसायीसमेत रहनु भएका बजगाईले भन्नुभयो, ‘पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जाँदै थिए, मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराइस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होश हवास नै उड्यो ।’
घटना भएलगत्तै महानगरीय प्रहरी परिषर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाई) ले घटनाको तत्काल अनुसन्धान गीर लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गनुृभयो ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आए लगत्तै चारैतर्फ कडाईका साथ चेकजाँच गरेर लुटेराको खोजी भइरहेको बताउनुभयो ।
उहाँले बैंकको भित्र रहेको सीसी क्यामरा र अन्य अनुसन्धानको प्रक्रिया अपनाएर लुटेराको खोजी भइरहेको बताउनुभयो । उहाँले जिल्लाका चारवटै नगरपालिकाहरुले नगरभित्रका विभिन्न स्थानमा सिसि क्यामरा जडान गर्नुपर्ने बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले सरकारी बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडले बैंक बाहिर सीसी क्यामरा नराख्दा अनुसन्धानमा समस्या आएको बताउँदै बैंकहरुको लापरवाहीले पनि यस्ता घटना घट्ने गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।