जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
खोटाङ – दोश्रो विश्वयुद्ध लडेका खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा चिउरीबासका पत्थरमान राईको निधन भएको छ ।
वि.सं. २००० सालमा दोश्रो विश्वयुद्ध लडेका राईको ९५ वर्षको उमेरमा सोमबार मृत्यु भएको हो । अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठमाडौं लगिएका दोश्रो विश्वयुद्धका योद्धा राईको घर ल्याउनेक्रममा घुर्मीमा मृत्यु भएको हो ।
हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज भएका राईले घर फर्कने इच्छा देखाएपछि घर फर्काउने क्रममा बाटैमा निधन भएको आफन्त पदम थुलुङले बताउनुभयो । बाबु गजवसिं राई र आमा सरिमायाको कोखबाट वि.सं. १९८० साल माघ २ गते जन्मिएका राईको मंगलबार गाउँमै दाहसंस्कार गरिएको छ ।
दोश्रो विश्वयुद्ध चलिरहेकै बेला राति साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै १९ वर्षको उमेरमा वि.सं. १९९९ सालमा भर्ती हुनुभएका राईले दोश्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध बहादुरी पूर्वक लड्नु भएको थियो ।
पल्टन नम्बर टेनजीआर १०९९९६ भएका राई घाइते अवस्थाका जापानी सेनाले प्रहार गरेको ग्रिनेटले लाग्दा गम्भीर घाइते हुनुभएको थियो । ग्रिनेटको छर्राले उहाँको शरीर छिया–छिया बनेको थियो । ग्रिनेटले चिउँडो उडायो । देब्रे हातको चोर औँला चुँडियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा असर पुगेकाले सबै औँला बांगिएको थियो ।
घाइते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बितेको थियो । अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइए । १८ ठाउँमा शल्याक्रिया भयो । शरीरकै छाला काटेर ओठमा टाँसिएको थियो । नक्कली दाँत हालिए । छियाछिया शरीर टालटुल गरिएको थियो ।
२००२ सालमा जापानले आत्मसमर्पण गरेपछि दोश्रो विश्वयुद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताउनु भएको थियो । युद्ध टुंगिएको लामो समयसम्म घर नआउँदा ‘जिउँदो छैन’ भन्ने अनुमान गर्न थालिएको थियो ।
परिवारले माया मार्न लागेको बेला पत्थरमान २००५ साल असोजमा सुरक्षा गार्डसहित घर आइपुग्नु भएको आफन्तको भनाई छ । युद्धबाट फर्किएर विवाह गर्नुभएका राईको ६ छोरी र १ छोरा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकास खनाल
March 29, 2020, 4:36 p.m.उच्च सम्मान।