चीन : पहिलाे पटक शून्यमा झर्‍याे काेराेना सङ्क्रमण

 जेठ १०, २०७७ शनिबार १३:२२:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा काेराेना भाइरस महामारी फैलिन सुरु भएपछि पहिलाे पटक कुनै दिन एक जना पनि सङ्क्रमित थपिएका छैनन् । चीनमा पछिल्लाे २४ घण्टामा नयाँ सङ्क्रमण देखिएकाे छैन । 

गएकाे वर्षकाे अन्त्यतिर चीनकाे वुहान शहरबाट नै सङ्क्रमण सुरु भएकाे थियाे र त्यसकाे केही महिनामा नै पूरै विश्व महामारीकाे चपेटामा परेका थिए । 

तर मार्च महिनाबाट चीनमा सङ्क्रमण हुने दरमा निकै कमी आयाे, यसाे हुनुमा प्रतिबन्धकाे कडा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएकाे छ । 

यता समाचार एजेन्सी राेयटर्सका अनुसार चीनमा बाहिरबाट आएका मानिसमा सङ्क्रमण देखिने क्रम बढिरहेकाे छ । तीमध्ये धेरैजसाे यस्ता चिनियाँ नागरिक छन्, जाे विदेशबाट फर्किरहेका छन् । 

गएका हप्तामा पूर्वाेत्तर चीनकाे सीमावर्ती जिलिन र हेइलङ्गजियाङ्ग प्रान्त सङ्क्रमणकाे केन्द्र बन्दै गइरहेकाे छ । वुहानमा पनि याे महिना पहिलाे पटक केही इलाकामा सङ्क्रमण देखिएकाे थियाे । वुहानमा गएकाे अप्रिल ८ तारिखमा लकडाउन हटाइएकाे थियाे । 

त्यसपछि अधिकारीहरुले महामारी राेक्नकाे लागि लागू गरिएकाे प्रतिबन्ध खुकुलाे बनाउन नहुने चेतावनी दिएकाे थिए । उनीहरुले वुहानका एक कराेड १० लाख बासिन्दाकाे परीक्षणका लागि अभियान सुरु गर्ने पनि बताएका थिए ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया