कर्णाली प्रतिष्ठानमा अहिलेसम्म २ हजार ७६० जनाको पीसीआर परीक्षण, सबैको रिपोर्ट 'नेगेटिभ'

 जेठ १०, २०७७ शनिबार १७:४७:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । 

पहिलेका कर्णालीका पाँच जिल्लामध्ये जुम्लासहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा सङ्कलन गरेर पीसीआर परीक्षण गरिएका दुई हजार सात सय ६० जनाकाे रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार  प्रतिष्ठानमा शुक्रबारसम्म संकलन भएका सबै स्वाबको पीसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

प्रतिष्ठानले दैनिक प्रकाशित गर्ने पीसीआर रिपोर्ट प्रतिवेदनमा अहिलेसम्म जुम्लामा परीक्षण गरिएका दुई हजार सात सय ६० जानको स्वाब नेगेटिभ आएको छ ।जसमा जुम्लासहित कर्णाली प्रतिष्ठानका कर्मचारी, जनस्वास्थ्य सेवा कार्यालयका कर्मचारी तथा स्वास्थ्यकर्मी, पत्रकार, नेपाली सेना, सुरक्षा निकाय गरी जुम्लाका एक हजार दुई सय ९१ जना, कालिकोटका सात सय १५, हुम्लाका चार सय आठ र मुगुका तीन सय ४६ जनाको जुम्लामै पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । 

यसैगरी जुम्लामा पीसीआर मेसिन नआउँदै भारत र तेस्रो देशबाट आएका तीन सय २४ जनाको हेलिकप्टमार्फत स्वाब सङ्कलन गरेर काठमाण्डौमा जाँच गराउँदा नेगेटिभ रिपाेर्ट आएको थियो । 

पछिल्लो समय पनि कर्णाली प्रदेश सरकारले हेलिकप्टरमार्फत कर्णालीका यातायातको पहुँच नपुगेका जिल्लाहरुमा स्वास्थ्यकर्मी पठाएर स्वाब सङ्कलन गरेकाे थियो । 

गएको वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्लाकाे कर्णाली प्रतिष्ठान पुगेर स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएर जिल्ला/जिल्ला खटाइएको थियो । जिल्ला/जिल्लामा स्टेशन बनाएर ल्याइएका स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो । 

जुम्लाको हिमा गाउँपालिका ३ ओदी गाउँका एक युवककाे मृत्यु कोरोनाबाट भएको आशङ्कापछि उनीसहित चार जना परिवारको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । उनीहरुकाे रिपाेर्ट पनि नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएकाे छ । 

यसैगरी आरडीटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया