‘झ्यालबाट फोटो’ प्रतियोगिता अन्तिम हप्तामा

 जेठ ११, २०७७ आइतबार १५:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पर्यटन बोर्डले आह्वान गरेको झ्यालबाट देखिने फोटो प्रतियोगितामा ५ सयभन्दा धेरैले सहभागिता जनाएका छन् । 

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ आह्वान भएको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामामा ५ सयभन्दा धेरै फोटो प्राप्त भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।सहभागीहरुले आउदो जेठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्नेछ ।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘उत्साहजनक सहभागिताले नेपालका विविधता सशक्त रुपमा प्रस्तुत गरिरहेको र अब बाँकी एक हप्तामा सहभागिताको सङ्ख्याले अर्को चरण पार गर्ने’ बताउनुभयो । 

सहभागिता सम्बन्धमा जानकारी https://photonepal.travel/blog/nepal-from-your-window मा रहेको छ । जेठ १९ देखि असार १ सम्म मन परेको फाेटाेलाई भोट गर्न सकिनेछ । 

यसका लागि https://photonepal.travel मा गएर मन परेको फोटो लाइक गर्न सकिन्छ । भोटिङ्गपछि विज्ञ सम्मिलित टोलीको निर्णायक समितिले विजेताहरुको घोषणा गर्नेछ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया