टोखा क्षेत्र सिल

 जेठ १३, २०७७ मंगलबार ९:३२:४ | रासस
unn.prixa.net

काठमाण्डाै - टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल गरिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।
 
काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नम्बर-३, टोखा बजार जाने उकालो नजिक र वडा नम्बर-६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडीटी र पीसीआर परीक्षणलाई तीव्रता दिएको थियो ।

टोखामा हालसम्म ८ सयभन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिकाे रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया