कोरोना सङ्क्रमण फैलन नदिन बाँकेमा निषेधाज्ञा

 जेठ १५, २०७७ बिहिबार ७:२०:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेमा बुधबार रातिदेखि निषेधाज्ञा लागू भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार रातिदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा सङ्क्रमण थप फैलनबाट रोक्न अत्यावश्यक सेवा बाहेक सबै गतिविधि रोक्नेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

नागरिकलाई हिँडडुल गर्न बन्द गरिएको छ । बाँकेमा प्रशासनको भूमिका चित्तबुझ्दो नभएको गुनासोपछि गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङ्गलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके पठाएको हो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर सहितसँग छलफल गरी रेडजोन नरैनापुरमा अनुगमन र आवश्यक सर्तकता अगाडी बढाउने तयारी गर्नुभएको छ ।

बाँकेमा अहिलेसम्म १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • मेष बस्नेत

    May 28, 2020, 7:51 a.m.

    कागजमा मात्र कडा लकडाउन हो बाँकेको । गलत समाचार नछापौं । सडक भरि मानिसहरूको जमात हिडिरहेका छन् । कडाको परिभाषा बुझ्न किएन हजुर ।#Corona

  •  0 Reply

तपाईको प्रतिक्रिया