कैलाली : क्वरेन्टीनमा राखिएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १५, २०७७ बिहिबार १५:२३:१७ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको जानकी गाउँपालिकाको एकै क्वरेन्टीनमा राखिएका ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

जानकी गाउँपालिकाको सरस्वती माविमा निर्माण गरिएको क्वरेन्टीनमा राखिएका ४५ जनामध्ये ६ जनामा कोरोना सङ्क्रमण भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले भने यसलाई पुष्टि गर्न बाँकी छ । 

गएकाे जेठ ९ गते क्वरेन्टीनमा रहेका तीन जनामा र १२ गते एक जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको थियो । सङ्क्रमितमध्ये चार जना भारतबाट आएका हुन् भने एक जना इटहरी र एक जना बाँकेबाट आएका गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिनुभयाे ।

यस क्वरेन्टीनमा रहेका २९ जनाको अवस्था समान्य रहेकाे छ भने सङ्क्रमितहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सङ्क्रमित भेटिएपछि ट्रेसिङको काम जारी रहेको र त्यो सकिएपछि सबै जनाको परीक्षण हुने उहाँको भनाइ छ ।

परीक्षणका लागि सङ्क्रमितको सम्पर्कमा आएको सात दिन पुगेको हुनुपर्ने मापदण्ड रहेको कार्कीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया