हङकङकाे नयाँ सुरक्षा कानुनलाई चीनकाे संसद्ले अनुमाेदन गर्‍याे

 जेठ १५, २०७७ बिहीबार १४:२४:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनकाे संसद्ले विवादास्पद हङकङकाे नयाँ सुरक्षा कानुनलाई स्वीकृत गरेकाे छ । याे कानुनकाे अनुसार केन्द्रीय सरकारकाे सत्ता कमजाेर बनाउन खाेज्नु अपराध गरिएकाे मानिनेछ । अब याे विधेयक चीनका वरिष्ठ नेतृत्वसमक्ष पठाइनेछ । 

याे कानुनलाई लिएर हङकङकाे विशेष दर्जा समाप्त हुने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । नयाँ सुरक्षा कानुन अनुसार चीनले हङकङभित्र आफ्नाे सुरक्षा एजेन्सी गठन गर्ने अधिकार पाउँछ । हङकङकाे लागि याे बिलकुलै नयाँ कुरा हाे । 

याे कानुनकाे विराेधमा हङकङमा निकै पहिलेदेखि नै विराेध प्रदर्शनकाे सिलसिला चलिरहेकाे थियाे । यसअघि बुधबार हङकङमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप पनि भएकाे थियाे । त्यही दिन हङकङकाे संसदमा चीनकाे राष्ट्रिय गानकाे अनादर गर्नु अपराध मानिनेछ भन्ने प्रस्तावित कानुनमा बहस भइरहेकाे थियाे । 

बुधबार हङकङमा सयाैँ प्रदर्शनकारीलाई गिरफ्तार गरिएकाे थियाे । हङकङकाे संसदमा बिहीबार पनि प्रस्तावित कानुनमाथि बहस भइरहेकाे छ र सुरक्षा बल थप परिचालन गरिएकाे छ । 

आइतबार नयाँ कानुनकाे विराेध गरिरहेका सयाैँ प्रदर्शनकारी हातमा ब्यानर र पाेस्टर लिएर हङकङकाे सडकमा उत्रिएकाे देखिन्थ्याे । 

चिनियाँ विदेश मन्त्री वाङ यीले प्रदर्शनकारीहरुलाई भराेस दिँदै भनेका छन्, 'आधारभूत कानुन' अनुसार जुन स्वतन्त्रता र वैध हक दिइएकाे छ, हङकङका धेरै नागरिकमा यी अधिकारकाे असर पर्ने छैन । यसले न त शहरकाे काराेबारमा प्रभाव पर्नेछ । याे कानुन एक देश दुई प्रणाली व्यवस्थालाई अक्षुण्ण बनाइ राख्न मद्दत गर्नेछ ।'

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया