काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । नेपाली क्रिकेटसँग सम्बन्धित तथा शुभचिन्तकहरुले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।
यसैक्रममा पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले नेपाली क्रिकेट टिम, प्रशिक्षण टिम र यो यात्रामा सहभागी हुने सबैलाई ट्वीटरमार्फत शुभकामना व्यक्ति गरेका छन् । नेपाललाई यस ऐतिहासिक सफलता दिलाउन उनको भूमिका निकै महत्वपूर्ण समेत थियो । प्रशिक्षक दाशानायकेले नेपाली क्रिकेटका लागि यो क्षण गौरवशाली भएको उल्लेख गरेका छन् ।
What a proud day for Nepal Cricket
— Pubudu Dassanayake (@PDassnayake) 1 August 2018
Best wishers to Team Nepal, Coaching staff and everyone who was part of this journey.
पूर्व कप्तान विनोद दासले ‘नेपाली टिमले टि–२० विश्वकप खेल्दा पनि यति भावुक भएको थिइन, जति आजको दिन भएको छु’ भनेर ट्वीट गरेका छन् । उनले थपेका छन्, ‘सम्भवतः टि–२० विश्वकप खेल्ने सपना थिएन, तर नेपाल ओडीआई नेसन भएको हर्ने बाल्यकाल देखिको सपना थियो ।’
Never ever felt so emotional about a cricket match.. not even the T20 World Cup felt this special.May be because I never dreamt of playing a T20 WC But this is a childhood Dream. An ODI NATION 😍😍. #HistoricDebutODI #NepalCricket #ProudODINation
— Binod Das (@binodsum) 1 August 2018
यस्तै क्यानकी पूर्व सीइओ भावना घिमिरेले सारा नेपालीलाई एक ढिक्का बनाउँदै सफलताको शिखर चुम्न लम्किएको नेपाली टिमको प्रशंसा गरेकी छिन् । नेपालले खेल्न लागेको पहिलो एकदिवसीय खेलको साक्षी बन्न पाउँदा गर्व लागेको उल्लेख गरेकी छिन् ।
सारा नेपालीलाई एक ढिक्का बनाउँदै ,आज फेरि मेरो देशको झण्डा फरफराउदै यो यात्रा सफलताको कठोर शिखर चुम्न लम्कीरहेको छ।संसारले हेरिरहेको छ।हामी साक्षी छौ नेपालले पहिलो ODI खेल्दैछ, जसले जे भनोस, जे गरोस यात्रा निरन्तर छ। वाह् ! तिमी सपना मात्र देख, नेपाली क्रिकेट टिमले पुरा गरिदिनेछ। pic.twitter.com/VErA9XbKCl
— Bhawana Ghimire (@BhawanaCAN) 1 August 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।