आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएकामध्ये कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै बाजुरा जुजनाथ पाँचका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी यस अघि देलेखको दुल्लुमा क्वरेन्टीनमा बसेर मृत्यु भएका ३५ वर्षीय पुरुषको रिपोर्ट समेत पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।