सरकारले गर्‍याे ८ वटा कलेजको सम्बन्धन खारेज

 साउन १६, २०७५ बुधबार १७:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरी दिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको ८ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताउनुभयो ।

सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई कलेजहरुको सम्बन्धन नदिने निर्णय गर्नु परेको पनि स्पष्ट पारेको छ । सचिव बरालले नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरुलाई सम्बन्धन नदिने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

सरकारले जनसंख्याको आधारमा सबै प्रदेशमा कलेजहरुको उचित व्यवस्थापन गर्न पनि आन्तरिक गृहकार्य सुरु गरेको छ । सचिव बरालले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मुलुकको आवश्यक्ता अनुसार नयाँ शैक्षिक रणनीति बनाउन पनि सुरु गरेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया