जुम्ला : क्वरेन्टीन नहुँदा भारत र अरु जिल्लाबाट आएका २३ जना सोझै गाउँमा

 जेठ १९, २०७७ सोमबार १०:४:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना क्वरेन्टीन व्यवस्थापन नहुँदा गाउँ छिरेका छन् ।

 स्थानीय अमर बहादुर रोकायाका अनुसार ८, १० जना गैरागाउँतिर लागेका, केही छिनातिर लागेका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण क्वरेन्टीन व्यवस्थापनमा समस्या आएको हो । टोलीसँगै आएका गुठिचौर गाउँपालिकाका ५ जनालाई भने गाउँपालिकाले क्वरेन्टीनमा लगेको जानकारी प्राप्त भएको छ ।

अहिले बाहिरबाट आएका मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम रहेकाले उनीहरु बस्ने व्यवस्था नभएर गाउँ छिरेपछि जुम्लामा त्रास फैलिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया