खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भक्तपुर - सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम सुरु हुन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार ९ गते शिलान्यास गर्नुभएको उद्यानको काम केही समय रोकिए पनि अहिले उद्यान क्षेत्रको चारैतिर सडक स्तरोन्नति सुरु भएको छ ।
वन र वन्यजन्तुको प्रजनन, संरक्षण तथा अनुसन्धान गर्ने मूल उद्देश्यले निर्माण भइरहेको उद्यानको सिमाना वरिपरि १५ मिटर सडकको स्तरोन्नतिको काम सञ्चालन गरिएको पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
पहिलो चरणमा नगरपालिका–७ स्थित गुन्डुको खहरेबाट पाथीभरा मन्दिर सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । त्यसका लागि उद्यानले रु ३० लाख बजेट विनियोजन गरेको छ ।
उहाँका अनुसार यस क्षेत्रभित्र पर्ने सूर्यविनायक घ्याम्पेडाँडा सडक बन्द हुनसक्ने भएकाले त्यसको विकल्पका रूपमा जगातीको आदर्श चोकबाट ८ नं वडा कार्यालय हँुदै घ्याम्पेडाँडा–रानीकोट जाने एउटा सडक र गुन्डु सिमलघार, पाइलटबाबा आश्रम हँुदै घ्याम्पेडाँडा–रानीकोट जाने अर्को गरी उद्यान क्षेत्रको १३ किलोमिटर सडक निर्माण हुने भएको छ ।
ती दुईवटै सडक आर्थिक वर्ष २०७७-७८ मा निर्माण हुने जानकारी दिँदै बस्नेतले यसका लागि उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत काम हुने गरी रातो किताबमा कम्तीमा रु पाँच–पाँच करोड बजेट पर्ने सुनिश्चित गरेको बताउनुभयो ।
‘सरकारले यस क्षेत्रलाई वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि चयन गर्दै प्राणी उद्यानको काम अगाडि बढाउनु सूर्यविनाकका बासिन्दाका लागि मात्रै नभई सिङ्गो भक्तपुरवासीका लागि गौरवको कुरा हो, अहिले उद्यानको कार्यालय भवन निर्माण सकेर सञ्चालनमा आइसकेको छ, सीमाङ्कन गर्ने, तारबार लगाउने काम भएका छन्, पशु अस्पतालको भवन निर्माण भइरहेको छ’, सांसद बस्नेतले भन्नुभयो, ‘यसै वर्ष दुई हात्ती र केही जङ्गली जनावर ल्याएर छाड्ने योजना छ, यो आयोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न सकिन्छ, सरकारले लागत पनि पाँच वर्षभित्र उठाउन सक्छ ।’
सडक विस्तार सुरु भएपछि सांसद बस्नेतसहित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार सिंह, सदर चिडियाखाना जावलाखेलका निर्देशक किरण पोखरेल, सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सूर्यविनायक प्राणी उद्यानका व्यवस्थापन अधिकृत मिथिलेश महतो, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायत प्राविधिकसहितको टोलीले सडकको निरीक्षण गरेको थियो ।
आव २०७६-७७ मा उद्यानको गुरुयोजनाबमोजिमको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० बनाउन रु आठ करोड विनियोजन गरिएको थियो । गुरुयोजना पास भएसँगै डिपिआरको काम सुरु भएको छ ।
गुरुयोजनाअनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपोन्मुख प्रजाति एवं वन्यजन्तुको संरक्षण र प्रजनन केन्द्रको स्थापना गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाह तथा उपचार गर्नका लागि पशु अस्पतालको भवन निर्माण कार्य भइरहेको छ ।
जैविक पर्यटन र जीवजन्तुको खुला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य रहेको छ । सूर्यविनायक आसपासका सात सामुदायिक वनलगायत २५५ हेक्टर वन क्षेत्र निर्धारण गरी काम सुरु भएको छ । करिब सात अर्ब रुपैयाँ लगानीमा उद्यान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।