काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
लमजुङ – अन्तर्राष्ट्रिय करातेमा लमजुङका खेलाडीले ९ पदक जितेका छन् ।
भारतको राजस्थान, जयपुरमा भएको तेश्रो आईएमएस इन्टरनेसनल कराते च्याम्पियनसिप–२०१८, मा सहभागी भएका लमजुङका कराते खेलाडीले ९ पदक जितेका हुन् । च्याम्पियनसिपमा लमजुङका पाँच खेलाडीले स्वर्ण, २ जना खेलाडीले रजत र २ जना खेलाडीले कास्य पदक जितेका हुन् ।
प्रेमबहादुर गुरुङ, कबिन गुरुङ, लाप्साङ तामाङ, सुनिल घले र विकास गुरुङले स्वर्ण पदक जितेका हुन् । प्रियन्स परियार र बिक्रम घलेले रजत पदक जितेका छन् । सलिना सुनार र सरस्वती गुरुङले कास्य पदक हात पारेका छन् । उनीहरुले आ–आफ्नो तौल, उमेर समूहमा कराते खेली विभिन्न पदक हात पारेका हुन् ।
च्याम्पियनसिपमा भाग लिन लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको मस्र्याङ्दी डोजो करातेका ९ जना खेलाडी भारत पुगेका थिए । मर्स्याङ्दी डोजो करातेका प्रशिक्षक एवम् खेलाडी प्रेमबहादुर गुरुङका अनुसार भारतीय मार्सल आर्ट जयपुरको आयोजनामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, इरान लगायतका ११ राष्ट्रका गरी झण्डै ४ सय जना खेलाडीले सहभागिता जनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।