यी १५ देशमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या चीनमा भन्दा धेरै

 जेठ २१, २०७७ बुधबार ९:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वका १५ देशमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या चीनमा भन्दा धेरै भएकाे छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसकाे सङ्क्रमण चीनमा नियन्त्रण नजिक पुगिरहँदा अरु देशमा भने सङ्क्रमित थपिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको हो ।

कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख आठ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यस्तै बेलायत, इटली, ब्राजिल, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी, इरान, क्यानडा, नेदरल्याण्ड, भारत, रसिया र पेरुमा चीनमा भन्दा धेरै मानिसकाे ज्यान गएको वल्डाेमिमिटरले जनाएको छ ।

चीनमा अहिलेसम्म कोरोनाकाे कारण चार हजार ६ सय ५४ जनाको ज्यान गएको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसको कारण अहिलेसम्म ६४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये ३० लाख १० हजारभन्दा धेरै मानिसले कोरोनाई जितेका छन् भने तीन लाख ८२ हजार चार सयभन्दा धेरैले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया